मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणेशमान सिंहको २३ औं स्मृति दिवस अछाममा पनि मनाइयो

गणेशमान सिंहको २३ औं स्मृति दिवस अछाममा पनि मनाइयो


अछाम – नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २३ औं स्मृति दिवस अछाममा पनि मनाइएको छ ।

२३ औँ स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस पाटी कार्यालय मंगलसैनमा गणेशमान सिंहको फोटोमा माल्यार्पण गरि दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै कांग्रेस अछामका पाटी सभापति भरत कुमार स्वारले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको बताए ।

देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भएका स्वारले बताए ।
कार्यक्रममा पुर्व पाटी सभापति पुष्प बहादुर शाह ,नेपाली काङ्ग्रेस अछाम सचीव नम बहादुर शाही,महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी,अन्जु मल्ल,
जिल्ला समन्वय समिती अछामका प्रमुख नरबहादुर कुवर,उप प्रमुख टोप बहादुर रावल,मंगलसैन नगर सभापति पुष्पराज भण्डारी ,शिक्षक संघका नेता मदन बहादुर कुवर लगायतले स्वर्गीय नेता सिंहको फोटोमा माल्यार्पण गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।