अछाम – सविधान सभा सदस्य भैरे कामिले सविधान निर्माणमा आफ्नो महत्वपुर्ण योगदान रहेको बताउनुु भएको छ । नेपाली जनताको माझमा सविधान जारी गर्न नसके पनी सविधानको निर्माण कार्य आफ्नै पालामा भएको बताएका छन् ।
छैटौँ सविधान दिवसको अवसरमा सुदूरआज सँग कुराकानी गर्दै सदस्य कामिले आफ्नो ४ बर्षे कार्यकालको समयमा सविधानमा लेखिएका केही कुरा त्रृटि भएकाले सोही समयमा जारी नभएर अर्को पटक बुदा सच्याएर जनताले आफ्नो अधिकार सहीतको सविधान पाएका बताए ।
सविधान निर्माणको प्रक्रियामा देश र जनताको हितमा केही बुुला नभएकाले तेती बेलाको सविधान सभाबाट पारित नभएको बताए । नेपाली जनताका लागि सविधान दिवस स्वतन्त्रता तथा गणतन्त्र प्राप्त गरेको दिन भएकाले यसलाई सबैभन्दा ठुुलो चाडपर्वको रुपमा हेर्ने गरेको उनको भनाइ छ।
आफ्नो कार्यकालमा सविधान जारी नहुुन सकेपनी थुप्रै काम भएकाले आफुलाई खुुशि लागेको छ उनले भने संबिधान जारी भएको ५ बर्षको अवधिमा जनताको हितमा थुप्रै कार्य भएको जानकारी दिए ।
सविधान साधन भएकाले सबै कुरा एकैपटक परिवर्तन हुुन सम्भवन नभएकाले क्रमिक रुपमा हुदै जाने भन्दै उनले सविधान जारी भएपछी जनताले ३ तहको सरकार, थुप्रै ऐन, नियम, कानुुन प्राप्त गरेकाले नेपाली जनतालाई निराश नहुुन आग्रह गरे ।
सविधान एउटा अधिकार दिने बिधान भएकाले यसको सफल कार्यान्वयनका लागि सबैले साथ दिनुु पर्नेमा जोड दिदै कामीले नेपालका लागि उत्कृष्ट सविधान भएकाले हाम्रो सविधान राम्रो बनाउनका लागि हरेक ब्यक्तिले सोच्नै पर्ने बेला आएको बताए।
सुखि नेपाली समृद्ध नेपालको नारा पुरा गर्नका लागि हरेक ब्यक्ति सविधानका अधिकारलाई कार्यान्वयन सहीत ब्यबहार लागु गर्न कर्तब्य निष्ठ भएर लाग्नुु पर्ने उनको भनाई छ।
यसैबिच सहकर्मि कमल रावलले सविधान सभा सदस्य भैरे कामिलाई छैटौँ सविधान दिवसको अवसरमा तपाईको ४ बर्षे कार्यकालमा सविधान जारी भएन कहि कतै यतिबेला दुख लागि रहेको छ र भनेर कुुराकानी गर्नु भएको छ ।
प्रतिक्रिया