मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा बाढी पहिरोबाट २ सय बढी परिवार विस्थापित

अछाममा बाढी पहिरोबाट २ सय बढी परिवार विस्थापित


अछाममा बाढीपहिरोबाट २ सय बढी परिवार विस्थापित

फोटो क्याप्सन अबिरल वर्षाका कारण साँफेबगर नगरपालिका–१२ खप्तडमा भत्किएको घर

अछाम : अछाम जििल्लामा बाढीपहिरोबाट २ सय बढी घरपरिवार विस्थापित भएका छन् । साउन र भदौ महिनामा अबिरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण २३५ परिवार विस्थापित भएका जिल्ला प्रशासन कार्यालय जानकारी दिएको छ ।

सबैभन्दा बढी रामारोशन गाउँपालिकामा १७१ परिवार विस्थापित भएका छन् भने तुर्माखाद गाउँपालिकामा २७,कमलबजार नगरपालिकामा ३०,चौरपाटी गाउँपालिकामा ७ र मेल्लेखका केही गरी २३५ परिवार विस्थापित भएका हुन् । 

बाढीमा परी ८ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता रहेका छन् । बाढी र पहिरोले सबै भन्दा बढी रामारोशन गाउँपालिकामा क्षति गरेको छ । गाउँपालिकाको २ हजार ७ सय ७८ खेती योग्य जमिन बाढीले बगाएको छ ।

रामारोशनका विस्थापित १७१ परिवारका ६ हजार ५ सय ३३ जनसंख्या प्रभाबित बनेको जिल्ला प्रशासन कार्यालयसंग तंथाक रहेको छ । बाढीले रामारोशनको १३ वटा झोलुङ्ग पुल,सडक,कैलाश खोलाको सम्पुर्ण तटबन्धन,१७ वटा सिचाई कुलो,१० वटा लघुजलविधुत र १८ वटा खानेपानी आयोजना पुर्णरुपमा नष्ट भएको छ ।