मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवाले गाउमै केहि गर्न सकिन्छ भन्ने मा’नसि’कता बनाउनु पर्छ : अधिकृत वलि

युवाले गाउमै केहि गर्न सकिन्छ भन्ने मा’नसि’कता बनाउनु पर्छ : अधिकृत वलि


अछाम – जिल्लाको ढकारी गाउपालिकाका प्रमुुख प्रशासकीय अधिकृत टेक बहादुर वलिले आफ्नै गाउँ ठाउँमा केहि गर्न सकिन्छ भन्ने मानसिकता हरेक युुवाले बनाउनुु पर्ने बताएका छन् ।

कोरोना भाईरसको संक्रमण पछी थुप्रै युवा गाउ फर्किएकाले अब गाउँठाउँमै स्वरोजगार बन्न जरुरी रहेको बताए । जसरी विदेशमा खट्ेर काम गर्दा आर्थिक हासिल गर्न सकिन्छ त्यसरी आफ्नै देश गर्न सके उपलब्धी हासिल हुदै जाने बताए ।

सुदूरआज संग कुराकानी गर्दै अधिकृत वलिले युवालाई आफ्नै गाउमा स्वरोजगार बनाउनका लागि आफ्नो तर्फबाट जहिले पनी सहयोग रहने बताए । ब्यक्तिगत तथा सामुहिक रुपमा कृषि, पशुपालन जस्ता काम गर्नका लागि युवालाई ढकारी गाउपालिका सहयोग गर्न तत्पर रहेका उनको भनाइ छ।

यतिबेलाको बेरोजगारि समस्या स्थानिय सरकारको तर्फबाट मात्रै समाधान नहुुने भएकाले प्रदेश तथा केन्द्र सरकारले समेत ठोस योजनाका साथ कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । यसपालिको बजेट समेत ढकारी गाउपालिकाले जनप्रतिनीधीसँग नियमित छलफल गर्दै कृषि क्षेत्र बढि जोड दिएर विनियोजन गरेकाले हरेकलाई लाभ लिएर काम गर्न आग्रह गर्नु भएको छ ।

कोरोनाको क्षेत्रमा ढकारी गाउपालिकाले सबैभन्दा धेरै खर्च गरेको प्रश्नको उत्तरमा अधिकृत वलिले झण्डै २२ सय जना ब्यक्ति भारतबाट गाउ फर्केकाले ब्यबस्थापनमा नै बढि खर्च भएको बताउनु भयो । यसमा हरेक रकम पारदर्शि रुपमा राखिएकाले कुनै शँका नगर्न जनतालाई आग्रह गर्नु भयो । अन्य जिल्लासँग सिमानाका जोडिएको स्थानिय तह भएकाले स्वयमसेवकको खर्च, राहत वतरण, स्वास्थ्य सामाग्री खरिद लगाएतको क्षेत्रमा रकम खर्च भएको बताए ।