मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आउने ३ दिनसम्म देशभरका धेरै स्थानमा हावाहु’री सहित व’र्षा हुने

आउने ३ दिनसम्म देशभरका धेरै स्थानमा हावाहु’री सहित व’र्षा हुने


काठमाडौं । देशभर अधिकांश स्थानमा आगामी तीन दिनसम्म मौसम बदली भई मेघग’र्जन, च’ट्याङ र हावाहु’री सहित व’र्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले एक सूचना जारी गर्दै नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै रहेको जनाएको छ । 

महाशाखाले भनेको छ, “आजसम्मको विश्लेषण अनुसार हाल भारतको मध्य प्रदेशमा रहेको न्युन चापीय क्षेत्र पश्चिम-उत्तर-पश्चिम तर्फ सर्ने क्रममा आगामी तीन दिन अर्था सेप्टेम्बर २५ सम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन,चट्ट’याङ्ग, हावाहुरीसहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।”

यसको प्रभावले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।

यस अवस्थामा, यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको बताइएको छ ।