मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनमा वडा सचिवका लागि २ दिने अभिमुखिकरण सुरु

मंगलसेनमा वडा सचिवका लागि २ दिने अभिमुखिकरण सुरु


होम साउद, अछाम ।

सामाजिक सुरक्षा तथा ब्यक्तिगत घट्ना दर्ता सुदृढिकरण आयोजना सम्वन्धि २ दिने अभिमुखिकरण कार्यक्रम मंगलसेन नगरपालिकामा सुरु भएको छ । मंगलसेन नगरपालिका सामाजिक सुरक्षा तथा ब्यक्तिगत घट्ना दर्ता सेवा ईकाइको आयोजनामा नगरपालिकाका १४ वटै वडाका वडा सचिवहरुका लागि अभिमुखिकरण सुरु गरिएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नगर प्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथी रहेका थिए । उदघाटन सत्रमा बोल्दै नगरप्रमुख बोहराले जनमैत्री सेवा प्रवाहका लागि कर्मचारीले जुनसुकै अवस्थाको पनि सामना गर्न तयार रहनुपर्ने बताए । २ दिने कार्यक्रममा वडा सचिवहरुलाई ज्ञानको विकासका लागि लगनशिल भएर सीप सिक्न आग्रह उनले आग्रह गरे। नयाँ पुस्ताले विद्युतिय शासन र प्रविधिमा पश्चाताप नहुने गरि अघि बढ्नुपर्ने उल्लेख गरे ।

मंगलसेनलाई नमूना नगर बनाउन र सबैलाई सन्देश दिने खालका प्रगतिशिल कार्य गर्ने जिम्मेवारी कर्मचारीकै काँधमा रहेको र जनप्रतिनिधिबाट सम्पूर्ण सहयोग रहने उनको प्रतिबद्धता थियो। कार्यक्रमका अतिथी वडानम्वर ५ का अध्यक्ष हरीप्रसाद ढुंगानाले नगरपालिकामा भईरहेका सबै गतिविधि परिवर्तन पछिका प्रगति भएको बताए । छिटो, छरितो र पारदर्शी सेवाका लागि अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त उनको थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले अभिमुखीकरण मार्फत बिद्युतिय शासन प्रर्बद्धन गर्न मद्धत गर्ने र सामाजिक सुरक्षामा सुद्धता ल्याउने उल्लेख गरे । शनिबारसम्म चल्ने अभिमुखीकरण कार्यक्रमको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सोडारी सहित लेखा अधिकृत बिष्णुप्रसाद उपाध्याय, सूचना प्रविधि अधिकृत पौरख कुमार बोगटी, प्रशासन शाखा प्रमुख विष्णु जैशी, एमआईएस अपरेटर एकेन्द्र बोगटी, होम साउद र फिल्ड सहायक दिल बहादुर केसीले सहजिकरण गरि रहेका छन् ।