मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बा’ढी पहि’रो अपडेट : पछिल्लो २४ घण्टामा १३ जनाको ज्या’न गयो

बा’ढी पहि’रो अपडेट : पछिल्लो २४ घण्टामा १३ जनाको ज्या’न गयो

सुदूर आज

ठाउँ–ठाउँमा सडक बन्द

काठमाण्डौ – बा’ढी र पहि’रोका कारण पछिल्लो २४ घण्टामा देशभर १३ जनाको ज्या’न गएको छ । स्याङ्जाको वालिङ नगरपालिका १४ मा प’हिरोले घर पुरिँ’दा एकै परिवारका आठ जना सहित नौ जनाको ज्या’न गएको छ । एक जनाको भने उद्धार गरिएको छ ।

बिहीबार बिहान माया नेपालीको घरमा प’हिरो खस्दा उहाँसहित नौ जनाको ज्या’न गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परेर सानु नेपाली, माया नेपाली, मायाका छोराहरु दीपक, कुलदीप र विवश, बुहारी विनिता तथा नाति शिशिर र पाहुना आएकी उमाकला नेपालीको ज्या’न गएको हो ।   

स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४ बिर्घाको गौतम टोलमा पहिरोले घर भत्काउँदा बाबुराम दमाईका छोरा विष्णुको ज्या’न गएको प्रहरीले जनाएको छ । यसैबीच बाग्लुङको काठेखोला गाउँपालिका–२ को भीमापोखरामा गोठ भत्किँ’दा बुधबार बेप’त्ता भएका टेकबहादुर खातीको श’व बिहीबार भेटिएको छ । 

कपिलवस्तुको कोइली खोलाले बगाउँदा बेप’त्ता भएकामध्ये अर्घाखाँचीका केशव भाट क्षेत्रीको श’व भेटिएको छ । यस्तै पाल्पाको रम्भा गाउँपालिका २ को फोक्सिङकोटमा तीन घर पहिरोले बगाउँदा मोतिसरा गाहाको ज्या’न गएको छ । हुमबहादुर गाहाको पाँच जनाको परिवार हराइरहेका छन् । 

ठाउँ–ठाउँमा सडक बन्द 

वर्षाका कारण देशका विभिन्न ठाउँका सडक खण्ड बन्द भएका छन् । लमजुङको राइनास नगरपालिका ८ को गौरीटारमा पहिरो खस्दा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड बन्द भएको छ । यस्तै पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँ–ठाउँमा पहिरो गएको छ । जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेँसीलगायत २० भन्दा धेरै ठाउँमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो ।

यस्तै तनहुँको भीमाद नगरपालिका २ का खडानन्द सिग्देलको गोठ भत्किँदा गोठमा रहेका वस्तु मरेका छन् । यस्तै वर्षाका कारण स्काईको नेटवर्कले काम नगर्दा रुकुम (पूर्व) को पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिक सञ्चारविहीन बनेका छन् ।

बाढी पहिरोको उच्च जोखिम

पूर्वदेखि पश्चिमसम्म सोमबारदेखि निरन्तर पानी परिरहेकोले बाढी पहिरोको उच्च   सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । एक÷दुई दिन अझै पानी पर्ने सम्भावना रहेकोले बाढी पहिरोको जोखिम कायमै रहेकोले विशेष सावधानी अपनाउन शाखाको आग्रह छ । 

बुटवल तिनाउ नदीको जलमापन केन्द्रमा पानीको सतहले खतराको तह पार गरेको र तह बढ्ने क्रममा रहेको शाखाले जनाएको छ । तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा ठाउँहरुमा उच्च सतर्कता अपनाउन शाखााको आग्रह छ ।

अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको शाखाले जनाएको छ । 

सामान्यतया सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ ।