मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिपी कोईराला युवा नेतृत्व विकास मञ्च अछामले पूर्णता पायो

बिपी कोईराला युवा नेतृत्व विकास मञ्च अछामले पूर्णता पायो


अछाम ।

बिपी कोईराला युवा नेतृत्व विकास मञ्च अछामले पूर्णता पाएको छ । जिल्लाका सबै स्थानिय तहबाट प्रतिनिधित्व हुने गरी कार्यसमितीलाई पुर्णता दिएको अध्यक्ष दिनेश कुमार स्वाँरले बताए ।

अध्यक्ष स्वारका अनुसार जिल्लाका सबै १० स्थानिय तहका सक्रिय युवाहरुलाई मञ्च अछामको बिभिन्न जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यसमितीको उपाध्यक्षमा बलराम बिष्ट, हिक्मत बोगटी, खेम साँउद, चन्द्र साँउद रहेका छन्।

सचिवमा बेद प्रकाश थापा, सहसचिवमा पदम सुबेदी, कोषाध्यक्षमा लक्ष्मी बोगटी सहित ४४ सदस्यि कार्य समिती बनेको छ ।

कार्यसमितीले पूर्णता पाएसंगै अब जिल्लामा सक्रिय भएका काम गरिने अध्यक्ष स्वाँरले सुदुरआजलाई बताए ।