मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा २४ घण्टामा ८६ हजार कोरोना संक्रमित थपिए

भारतमा २४ घण्टामा ८६ हजार कोरोना संक्रमित थपिए


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ५०८ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख ३२ हजार ५१८ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारतमा कोरोनाले ज्या’न गुमाउनेको संख्या ९१ हजार १४९ पुगेको छ । पछिल्ला केही हप्ता यता भारतमा सामान्तया ९ सय देखि १३ सयको बीचमा कोरोना संक्रमितको मृ’त्यु हुँदै आएको छ ।  पछिल्लो २४ घण्टामा १ हजार १२९ संक्रमितको ज्या’न गएको छ । 

भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पुरानै अवस्थामा सञ्चालमा छन् ।