अछाम : अछाममा कोरोना संक्रमितको संख्या १ हजार भन्दा बढी पुगेको छ। शुक्रवार २४ जनामा कोरोना पुष्टि भएसगै जिल्लामा १ हजार ९ जना कोरोना संक्रमितको संख्या पुगेको स्वास्थ कार्यालय अछामले जनाएको छ।
निको हुने सख्या ९०९ रहेको छ । साँफेबगर नगरपालिकामा २३९, मंगलसेन नगरपालिकामा ११९, पञ्चदेवल बिनायक नगरपालिकामा ८४, कमलबजार नगरपलिकामा २५, चौरपाटी गाउँपालिकामा ७६, मेल्लेख गाउँपालिकामा १४१, रामारोशन गाउँपालिकामा १५३, बान्नीगढी जयगढ गाउँपालिकामा ९६, ढकारी गाउँपालिकामा २९ र तुर्माखाद गाउँपालिकामा ४७ जना संक्रमित रहेका स्वास्थ कार्यालयको तथाकमा रहेको छ।
जिल्लामा हालसम्म ८ हजार ७ सय १४ जनाको स्वाब संकलन गरी कोरोना परिक्षण गरिएको छ। अछाममा अहिलेसम्म भारत तथा जिल्ला बाहिरबाट १६ हजार ७ सय २२ जना भित्रिएका छन्। सबैभन्दा बढी सक्रमित २५ देखि ३५ बर्ष उमेर समुहका बढीरहेका छन् ।कोरोना कारण ३ जनाको मृ’त्यु भईसकेको छ।
प्रतिक्रिया