अछाम ।
बिएच स्पोर्टस् क्लबद्धारा आयोजित हुक्कामार फुट्सल प्रतियोगिताको उपाधी टिम राईडर किगंले हात पारेको छ । आईतबार भएको फाईनल खेलमा हुक्कामार टिमलाई पराजित गर्दै राईडरले उपाधी उचालेको हो ।
राईडरका लागि खेलाडी सन्तोष केसीले दोश्रो हापमा गोल गरेपछि उसले जित आफ्नो पक्षमा पार्न सफल भएको हो । हुक्कामारले खेलको अन्तिम समय सम्म पनि गोल फर्काउन सकेन् ।
उपाधी जिते संगैँ राईडर किगंले खस्सी सहित मेडल हात पारेको छ । म्यान अफ द म्याच प्रतियोगिता भरी उत्कृष्ट खेल खेलका हुक्कामारका खेलाडी डाक्टर अमुल सिंहलाई प्रदान गरिएको छ भने इर्मजिगंको उपाधी कप खप्तड नेटका खेलाडी वेद भण्डारीले जितेका छन् ।
खेलको आजै एक कार्यक्रम गरी समापन गरिएको छ । खेलको समापन गर्दै बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले स्वास्थ्यका लागि खेल खेल्नु राम्रो र टिमवर्कको विकास हुने भन्दै शुभकामना व्यक्त गरे ।
डाक्टर गौचन र अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकले खेलाडीलाई मेडल र कप प्रदान गर्दे बधाई दिएका थिए । स्वास्थ्य का लागि खेलकुद राष्टका लागि खेलकुद भन्दै संबिधान दिवसको अवसर पारी आयोजना गरिएको प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो ।
बयालपाटा अस्पतालमा आबद्ध स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागितामा आयोजित असफसियल प्रतियोगिता लाई पोशक शर्माले प्रायोजन गरेका थिए भने सुदूरआज मिडिया पार्टनर रहेको थियो ।
प्रतिक्रिया