मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोनाले ९४ हजारको मृत्यु

भारतमा कोरोनाले ९४ हजारको मृत्यु

सुदूर आज

काठमाडौं । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार १२४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारतमा पछिल्लो २४ घण्टामा ८८ हजार ६०० कोरोना संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ९२ हजार ५३२ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।

भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा छन् ।