मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१३५१ जनामा कोरोना पुष्टि, ७४२ जना डिस्चार्ज

१३५१ जनामा कोरोना पुष्टि, ७४२ जना डिस्चार्ज

सुदूर आज

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ छ। जसमध्ये ८ हजार ६९५ जना संस्थागत आइसोलेसनमा र १० हजार ९२९ जना होम आइसोलसनमा रहेका छन्।

आज पीसीआर १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ९ लाख ९८ हजार ४०७ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर ६ हजार ३१० जना क्वारेन्टिनमा रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ७४२ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० छ।

पछिल्लो २४ घण्टामा नेपालमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४८१ पुगेको छ।