मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना : १० महिनामा १० लाखभन्दा बढीको मृ’त्यु

कोरोना : १० महिनामा १० लाखभन्दा बढीको मृ’त्यु

सुदूर आज

कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएको १० महिनाभित्रमा विश्वभर १० लाखभन्दा बढी मानिसको मृ’त्यु भएको छ। मृ’तकमध्ये करिब आधा अमेरिका, ब्राजिल, भारत र मेक्सिकोका छन्। 

अमेरिकामा मात्रै अहिलेसम्म २ लाख ५ हजारभन्दा बढी कोरोना संक्रमितको मृ’त्यु भएको छ। 

त्यसैगरी ब्राजिलमा १ लाख ४२ हजार, भारतमा ९५ हजार ५०० र मेक्सिकोमा ७६ हजार ७०० भन्दा बढीको मृ’त्यु भएको छ। 

कोरोना संक्रमणको पहिलो केस १० महिनाअघि चीनको वुहानमा देखिएको थियो। गएको वर्ष डिसेम्बर अन्तिम साता सुरु भएको कोरोना अहिले विश्वका १८८ देशमा फैलिसकेको छ भने ३ करोड ३३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। 

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन विश्वका थुप्रै अनुसन्धानकर्ता जुटिरहेका छन्। तर, अहिलेसम्म अपेक्षाकृत सफलता मिलिराखेको छैन। यो वर्ष भ्याक्सिन बन्ने सम्भावना कम देखिएको विश्व स्वास्थ्य संगठनले बताएको छ। 

भ्याक्सिन आउनुअघि कोरोना संक्रमणका कारण २० लाख मानिसको मृ’त्यु हुन सक्ने चेता’वनी डब्लुएचओले दिएको छ।