काठमाडौं – मनसुन निष्कृय हुँदै गएसँगै देशका अधिकांश भूभागको मौसम सफा भएको छ ।
प्रदेश नम्बर १ र गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा पानी पर्ने सम्भावना कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केहि स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
उनका अनुसार अबको २÷३ दिनमा मनसुन बाहिरिने छ । पश्चिमबाट सफा हुँदै आएको मौसम पूर्वमा पुगेर टुंगिएसँगै मनसुन बाहिरिने छ।
हाल देशका केहि पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ भने अधिंकाश स्थानमा घाम लागेको छ ।
यस्तो हुनेछ आगामी तीन दिनको मौसम
असोज १३ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
राति : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
असोज १४ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
असोज १५ गते (बिहिबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
राति : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
प्रतिक्रिया