मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हैदरावादले दियो दिल्लीलाई १६३ रनको लक्ष्य

हैदरावादले दियो दिल्लीलाई १६३ रनको लक्ष्य

सुदूर आज

काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई १६३ रनको लक्ष्य दिएको छ । 

सेख ज्यायद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनायो । हैदरावादका लागि जोनी बेरेस्टोले अर्धशतकीय पारी खेले । ४८ बल खेलकका बेरेस्टोले २ चौका र १ छक्काको सहयोगमा ५३ रन बनाए । 

त्यस्तै डेविद वार्नरले ४५ रन बनाउँदा केन विलियम्सनले ४१ रनबको योगदान गरे । हैदरावादका लागि हैदरावादका लागि अब्दुल सामले १२ रन बनाए । बलिङतर्फ दिल्लीका लागि अमित मिश्रा र कगिसो रबाडले समान दुई–दुई विकेट लिए । 

आजको खेलमा दिल्ली लगातार तेस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको दिल्लीले दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको थियो । आजको खेलमा पनि दिल्ली हैदरावादलाई हराउने योजनामा छ ।

यता हैदरावाद पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको हैदरावाद दोस्रो खेलमा कोलकाता नाइट राडर्ससँग ७ विकेटले पराजित भएको थियो । लिगमा आफ्नो सम्भावना बलियो बनाई राख्न हैदरावादलाई आजको खेलमा जित निकाल्नु पर्नेछ ।