बाजुरा जिल्ला सदरमुकाम मार्तडीको बडीमालिका नगरपालिका वडा ८ मा लामो समयदेखि माध्यमिक विद्यालय संचालन हुदै आएको एक निजी विद्यालयले यस वर्ष देखि कक्षा ११ मा आमसंचार पत्रकारिता विषय पढाई संचालन हुने भएको छ ।
निजी क्षेत्रको लगानीमा जिल्लामा पहिलो पटक आमसंचार पत्रकारिता विषय पढाई हुन लागेको हो । विद्यालयको आफ्नै लगानीमा सस्तो मुल्यमा उक्त विषय पढाई हुने पहिलो निजी विद्यालय हो । बडीमालिका बोडिङ्ग स्कुलले यस वर्ष मात्र कक्षा ११ र १२ अध्ययन अध्यापन गराउने अनुमति शिक्षा विभागबाट लिएको विद्यालयमा निमित्त प्राधानाध्यापक भीम रावलले बताए ।
उनले निजी रुपमा संचालन हुदै आएको विद्यालयले यो वर्ष उक्त विषय सहित मानविकिय,विज्ञान र शिक्षाशास्त्रमा अध्ययन अध्यापन गराउने अनुमति लिएको जानकारी दिए।
उक्त विषयहरुमा अध्ययनका लागि भर्ना अभियान सुरु गरेको विद्यालयले प्रति विद्यार्थीबाट मासिक एक हजारका दरले मासिक शुल्क, भर्ना र परिक्षा फारम सहित १२ हजारमा सस्तो शुल्कमा अध्यायपन गराउने विद्यालय संचालक समितिका अध्यक्ष लालकेशर पाण्डेले बताएका छन् ।
पत्रकारिता अध्यायपनका क्षेत्रमा योगदान पुग्ने भएको विद्यालयले सस्तो र सुलभ रुपमा सेवा दिनका लागि उक्त विषय सहित कम्प्युटर विज्ञान,समाजशास्त्रर लेखा समेत पढाई सुरु गर्नने भएको छ ।
हरेक विषयमा तिस जना मात्र भर्ना हुन पाउने विद्यालयले जनाएको छ ।जिल्लाको त्रिवेणी नगरपालिका–९ सेलिफालमा रहेको रत्न माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा आमसंचार पत्रकारिता विषय विगत पाँच वर्ष देखि अध्यायपन गराउदै आएको छ ।
आमसंचार पत्रकारिता पढाई हुने भएपनि विद्यार्थी कम मात्रामा भर्ना हुने गरेको जिल्लामा निजी विद्यालयले आमसंचार पत्रकारिता विषय पढाउनु जिल्लामा पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई समेत अवसर रहेको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले बताए।
पत्रकारिता विषयले जिल्लामा थप हौसला र उर्जा थप्ने अध्यक्ष सिहंको भनाई रहेको छ ।
यो विषय जिल्लाका लागि आवश्यक भएकाले निजी क्षेत्रबाट संचालन हुदै आएको विद्यालयले संचालनमा ल्याउनु चुनौती र अवसर दुबै रहेको अध्यक्ष सिंहले बताए ।
प्रतिक्रिया