अछाम जिल्लामा स्वास्थ्यका क्षेत्रमा भएको प्रगतीको समिक्षा गर्दै जिल्ला स्तरिय योजना तर्जुमा तथा समिक्षा कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय अछामको हलमा २ दिनसम्म चलेको बार्षिक समिक्षामा आर्थिक बर्ष २०७६÷०७७ मा भएको प्रगतीको समिक्षा र आगामी आर्थिक बर्ष २०७७÷०७८ मा स्वास्थ्य क्षेत्रमा गर्ने योजनाको बारेमा रणनैतिक योजना तयार पारिएको छ ।
जिल्लाका १० वटै स्वास्थ्य संस्था, २ अस्पताल तथा जिल्ला स्थित स्वास्थ्यको क्षेत्रमा काम गर्ने दातृ संस्थाले गरेको प्रगती र भाबि योजनाको बारेमा जानकारी गराएका थिए । २ दिने समिक्षा कार्यक्रमको समापन गर्दै प्रमुख अतिथी जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले हरेक स्वास्थ्य संस्थाले बनाएका कार्य योजना कार्यान्वयनमा ध्यान दिनु पर्ने बताउनु भयो ।
कोरोनाभाईरसको संक्रमण तथा जोखिम बढेका बेला अग्र मोर्चामा खटेर काम गरेका स्वास्थ्यकर्मिको प्रशँसा गर्दै प्रमुख कुवरले आगामि दिनमा जनप्रतिनीधीको हैसियतले आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताउनु भयो । हरेक समयमा थुप्रै रोगबाट नागरिक लड्दै आएकाले आगामी दिनमा कोरोनासँग लडदै दैनिक जनजिवन सहज बनाउदै जानु पर्ने बताउनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथी अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले स्वास्थ्यको क्षेत्रमा भएको प्रगतीको प्रशँसा गर्नु भयो । आगामि दिनमा स्वास्थ्य क्षेत्रमा भएका प्रगतीको सबैले पशँसा गर्दै अझै गुणस्तरिय बनाउन सुझाव, सल्लाह दिनु पर्ने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले कोरोनाको संक्रमण तथा जोखिमका बेला स्वास्थ्यकर्मि तथा हरेक क्षेत्रबाट यसलाई नियन्त्रणका लागि सबैको साथ रहेको बताउनु भयो । जनस्वास्थ्यका कार्यक्रम समुदाय स्तरमा पुगिरहेकाले यसको उपलब्धी क्रमिक रुपमा देखिदै जाने बताउनु भयो ।
जिल्लामा स्वास्थ्य क्षेत्रको प्रगतीका लागि आफनो कार्यालय लागिपरेकाले सबैको साथको आवश्यक रहेको बताउनु भयो । नागरिकको आधारभुत हक स्वास्थ्य सेवा पाउनु भएकाले गुणस्तरिय स्वास्थ्य सेवाका लागि सबै प्रतिबद्ध भएर लाग्न आग्रह गर्नु भयो ।
हरेक नेपालीका लागि स्वास्थ्य बिमा अपरिहार्य सबैलाई बिमामा जोेडिन आग्रह गर्नु भयो । २ दिनसम्म बृहत छलफल गरि अछामको स्वास्थ्य क्षेत्रको मुहार फेर्नका लागि कार्ययोजना बनेकाले यसलाई आजैबाट कार्यान्वय तिर लाग्न हरेक निकायलाई आग्रह गर्नु भयो ।
समापन कार्यक्रममा अछामका १० वटै पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने संस्था, स्वास्थ्यकर्मि, सुरक्षाकर्मि र पत्रकार महासंघलाई प्रशँसा गर्दै सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
समापन कार्यक्रमको संञ्चालन स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुगाँनाले गर्नु भएको थियो ।
प्रतिक्रिया