मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालय बैठक भोलि अपराह्न बस्ने

नेकपा सचिवालय बैठक भोलि अपराह्न बस्ने

सुदूर आज

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारलाई तय भएको छ । शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार अपराह्न ४ बजे बैठक बोलाउने समझदारी भएको बताइएको थियो ।

प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा जुगलले त्यही जानकारी दिएका थिए तर, महासचिव विष्णु पौडेलले औपचारिक जानकारी नगराएको र बैठक आह्वान पनि नभएको ओली पक्षले बताएको थियो ।

शनिबार बिहान आइतबार अपराह्न ४ बजे बैठक बस्ने गरी खबर आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
“भोलिको लागि खबर भएको छ । आइतबार अपराह्न ४ बजे बैठक बस्नेछ,” उनले भने ।

भोलि बस्ने बैठकमा यसअघि नै तय भएका र छलफल हुन बाँकी रहेका विषयमा छलफल हुने नेकपाका नेताहरूले जानकारी दिएका छन् ।

नेकपामा केन्द्रीय सदस्यलगायत पूर्णकालीन कार्यकर्तालाई तबल दिने, कोरोना कालभरि सांसदहरूले बैठक भत्ता नलिनेलगायत एजेन्डा छलफल हुन बाँकी छन् ।