बाजुराः नेपालमा रहेका सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिता अन्तरगत महिला विकास मंञ्च बाजुराले कोरोनाको सन्दर्भमा पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा सिमान्त महिलाको आवाज बुलन्द गर्नकालागि र महिलाका लागि साझा आवाज तथा सहभागिता गराउने अर्को तिर कोभिड १९ को अवस्थाको विषयमा पत्रकालाइ जानकारि गराएको जीएफएफ कार्यक्रमकी संयोजक किस्ना दानिले बताएकी छिन् ।
नेपाल सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागितामा विशेष गरि महिलाको हक अधिकार,पोषण आयआर्जन,व्यवसायिक मुलक बनाउन र अर्कोतिर महिलाको क्षमता अभिवृद्धी गर्नका लागि महिला विकास मञ्चको मुख्य उद्देश्य रहेकोे जीएफएफ कार्यक्रमकी संयोजक किस्ना दानीले बताइन् ।
उक्त पत्रकार सम्मेलनमा महिला विकास मंञ्च बाजुराको स्थापना भए देखि यता बाजुराका महिलाका साझा सवालका विषयमा आवाज उठान गर्दै आएको र महिलामा भएका सामाजिक कुसंस्कार, कुरुती अन्धविश्वास जस्ता कुसंंस्कारलाई हटाउन यो संस्था लागी परेको कार्यकारी निर्देशक उर्जा विष्टले बताएकी छन । संस्थाले बडिमालिका नगरपालिका र त्रिवेणि नगरपालिकालाई मुख्य लक्ष्य गरि अभिमुखिकरण कार्यक्रम संञ्चालन गरेको यी दुइ वटा नगरपालिका भित्र १० समुह बनाएर कार्यक्रम संञ्चालन गरेको कार्यकारी निर्देशक बिष्ट बताएकी छन् ।
दस वटा समुह भित्र ६ समुह त्रिवेणि नगरपालिका र ४ समुह बडिमालिका नगरपालिकाकी जनप्रतिनीधि महिला,अगुवा महिला,सिमान्तकृत महिलाका समस्याको पहिचान गरि ३० जना महिलालाई कार्यक्रम संञ्चालन गरेका छन् ।
यसमा कोराना भाइरस कोभिड १९ को अवस्थामा पनि खप्तड छेडदहेगाउंपालिका का २ सय ८० जना बालकल्वका पदाधिकारी र कीशोरकीशोरीलाई शुरक्षा सामग्री वितरण गरेको र आठ जना एकल महिलालाइ खाद्यान्न राहत वितरण गरेको थियो।
त्यस्तै ९ वटै स्थानिय तहका स्वास्थ्य साखालाइ भिटामिन ए को विरणकालागि ढुवानी तथा यातायात खर्चको व्यवस्था गरेको थियो ।
त्यस्तै जिल्ला भरिका महिला २ सय ६४ जना स्वास्थ्य स्वमसेविकालाई पनि अन्तरक्रिया कार्यक्रम सँञ्चालन गरेको समेत पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा जानकारी गराएको छन ।
प्रतिक्रिया