मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय समिति बैठक अन्योलमा

कांग्रेस केन्द्रीय समिति बैठक अन्योलमा

सुदूर आज

काठमाडौं । नेपाली कांग्रेसका चारजना केन्द्रीय सदस्यहरुमा कोरोनाभाइरसको संक्रमण देखिएपछि केन्द्रीय कार्यसमिति बैठकबारे अन्योल सिर्जना भएको छ । चारजना केन्द्रीय सदस्यसँगै केन्द्रीय कार्यालयका दुई कर्मचारीमा संक्रमण देखिएपछि सोमबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक बस्ने नबस्नेबारे अन्योल सिर्जना भएको हो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित नभए पनि बस्ने नबस्ने बारे भन्न नसकिने बताएका छन् । कांग्रस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठकका बारेमा दिउँसो नेताहरुका बीचमा छलफल भएपछि मात्रै टुंगो लाग्ने बताएका छन् । 

आशन्न १४ औं महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेसले सोमबार दिउँसो २ बजे बस्ने गरी पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठकलाई मध्यनजर गर्दै कांग्रेसले बिहीबार पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण गराएको थियो ।

यसैबीच केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारी हरुको बैठक भने स्थगित भएको छ । सहमहामन्त्री डा. महतले आइतबार बिहान ९ बजे बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक स्थगित गरिएको जानकारी दिए । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेसले आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएको थियो ।