मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसीको स्वास्थ्यमा समस्या, कृत्रिम अक्सिजन दिन थालियो

डा. केसीको स्वास्थ्यमा समस्या, कृत्रिम अक्सिजन दिन थालियो

सुदूर आज

काठमाडौं – चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

उनलाई सास फेर्न गाह्रो हुन थालेपछि अक्सिजन दिन थालिएको उनका सहयोगीले जनाएका छन्। 

एक्कासि छाती दुख्ने भएपछि उनलाई अक्सिजनको सपोर्टमा राख्नुपरेको केसीका सहयोगी तोसीमा कार्कीले जानकारी दिइन्। डा. केसीले अन्य औषधि लिन मानेका छैनन्। उनले नियमित रुपमा खाइरहेको मुटुको औषधि पनि केही दिनदेखि खान छोडेको बताइएको छ। 

डा. केसीको स्वास्थ्य अवस्थाबारे अस्पतालले आधिकारिक रुपमा केही जानकारी दिएको छैन। उनीसँग कसैलाई पनि भेट्न दिइएको छैन।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर बाहिरबाट आउने आगन्तुकलाई भेटघाटमा रोक लगाइएको छ अस्पतालले जनाएको छ।

जुम्लामा अनशन सुरु गरेका डा. केसीलाई ६ गते काठमाडौं ल्याइएको थियो। त्यसयता उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्। आज उनको अनशनको २१ औं दिन हो।