अमर धामि, अछाम।
राइटर लोक बहादुर बिष्ट प्रतिष्ठानको प्रथम पुरस्कार तथा प्रशंसा पत्र बितरण कार्यक्रम बिद्या प्रबोधनी माबि घोडासैनमा सम्पन्न भएको छ । राइटर लोक बहादुर बिष्ट प्रतिष्ठानका अध्यक्ष बसन्ती कुमारी बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिका नगर प्रमुख ओम प्रकास बिष्ट प्रमुख अथिति रहेका थिए ।
प्रमुख अथितिको आसन बाट बोल्दै नगर प्रमुख बिष्टले राइटर लेक बहादुर बिष्ट बहुप्रतिभा सालि ब्यतिm समाजसेबि ब्यतित्व भएकाले हामिले सधै उहाका कामलाइ अनुसरण गर्दै अगाडि बढनुपर्ने बताए । बि. सं. १९५६ असार महिना मा घोडासैनको भरीधारामा जन्मीनु भएका राइटर लोक बहादुर बिष्ट दैलेखमा रहेको अदालतमा जागिरे जिवन यापनपछि आफनो गृह जिल्ला अछामको केहि ठाउमा जिम्मालको भुमिकामा रहेर समाज सेवामा अनवरत रुपमा लागेका थिए।
यस्तै बिष्टले समाजको लागि न्याय प्रेमि र गरीब असायको निम्ती थुप्रै राम्रा र प्रेरण दायी काम गर्नु भएका ब्यतिको रुपमा चिर परीचित हुनुहहुन्छ भनेर राइटर लोक बहादुर प्रतिस्ठानका सदस्य डबल बहादुर बिष्टले जानकारी दिए।
कार्यक्रमा बिद्याप्रबोधनि माध्यामिक बिद्यालयमा घोडासैनमा अध्ययनरत जेहेन्दार एबम उत्कृष्ट बिदाथिर्, सामाजसेबि , अपाङग लाइ पुरस्कार तथा प्रशंसा पत्र बितरण गरीएको थियो । कार्यक्रममा कमलबजार नगरपालिका नगर उपप्रमुख भुमिसरण ढकाल बजगाइ बिशिष्ट अथिति रहेका थिए ।
प्रतिक्रिया