मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २५ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २५ गते बस्ने

सुदूर आज

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २५ गते बस्ने भएको छ। 

सातजना केन्द्रीय सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि डाकिएको बैठक स्थगित गरी २५ गतेका लागि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

केन्द्रीय सदस्यहरुमा संक्रमण देखिएपछि २२ असोजसम्म कांग्रेसको केन्द्रीय कार्यालय बन्द गरिएको छ। 

काठमाडौंमा गरिएको परीक्षणमा पाँचजना र उपत्यकाबाहिर गरिएको परीक्षणमा दुई जना गरेर सातजना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। 

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, रमेश रिजाल, अजय चौरासिया, शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी र जंगीलाल रायमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

केन्द्रीय समितिको बैठक बस्ने भएपछि केन्द्रीय सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। संक्रमण पुष्टि भएका नेताहरु अहिले होम आइसोलेसनमा छन्। 

नेताहरुमा संक्रमण पुष्टि भएपछि आइतबारका लागि बस्ने भनिएको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक पनि स्थगित गरिएको छ।