मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ जना

कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ जना

सुदूर आज

काठमाडौं – नेपालमा आइतबार सम्म ६४ हजार ६९ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ७३.७ प्रतिशत हो। 

पछिल्लो २४ घण्टामा एक हजार ३२९ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २३४ छ।

हालसम्म प्रदेश १ बाट पाँच हजार ७३३, प्रदेश २ बाट १४ हजार २९१ र बागमती प्रदेशबाट २० हजार ४९३ जना कोरोनामुक्त भएका छन्।

यस्तै गण्डकी प्रदेशबाट तीन हजार ३७९, प्रदेश ५ बाट नौ हजार ५५, कर्णालीबाट तीन हजार १८५ र सुदूरपश्चिम प्रदेशबाट सात हजार १५५ जना कोरोनामुक्त भएको मन्त्रालयको विवरणमा उल्लेख छ।