अछाम : रामारोशन पर्यटन क्षेत्र विकास तथा ब्यबस्थापन समितीको चक्र रावल नियुक्त भएका छन । सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आईतबार “रामारोशन क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापन समितिको संस्थापक अध्यक्षमा रावललाई नियुक्त गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा अछामका सचिवालय सदस्य समेत रहेका रावलले अध्यक्ष नियुक्त भईसकेपछी समिती अध्यक्ष रावलले संस्थापक अध्यक्षको जिम्मा आफुले पाएकाले हरेक चुनौतीलाई अवसरमा बदल्ने बताए । रामारोशन क्षेत्रका ऐतिहासिक, धार्मिक, सास्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्र्धनको जिम्मा आफ्नो समितीमा आएकाले सबैलाई साथ दिन आग्रह गरे । बाढी पहिरो र कोरोनाभाईरसको संक्रमण तथा जोखिमका कारण प्रचारप्रसारमा सिथील भएको रामारोशनको प्रचारप्रसार तथा आन्तरिक पर्यटकलाई बढाव दिने कार्य चाडै सुरु हुने बताए । समितीको अन्य सदस्य पशुपति कुवँर, बिर्ख रोकाया, कमल साउद, अमर साउद रहेका छन । त्यसैगरि कार्यकारि अधिकृतमा गंगा कुवँर बुढा नियुक्त भएका छन ।
प्रतिक्रिया