मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वका १० प्रतिशत मानिस कोभिड-१९ संक्रमित हुनसक्छन् : डब्लूएचओ

विश्वका १० प्रतिशत मानिस कोभिड-१९ संक्रमित हुनसक्छन् : डब्लूएचओ

सुदूर आज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्‍वभर सयौं लाख मानिसहरु कोरोना भाइरसको संक्रमित भइसकेको बताएक छ । 

हालसम्म विश्‍वभर तीन करोड ५० लाख मानिस संक्रमित भइसकेका छन् । तर संक्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको डब्लूएचओको अनुमान छ ।

तर, विश्वका १० प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने डब्लूएचओले जनाएको छ । डब्लूएचओका नेताहरुको विशेष बैठकमा विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बताइएको हो ।

संक्रमितको अनुमानित संख्याको अर्थ विश्वको बहुल क्षेत्र अझै पनि जोखिममा रहेको भन्‍ने रहेको उच्च अधिकारीले बताएका छन् ।

विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएकोभन्दा अधिक रहेको बताउँदै आएका छन् ।

महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा डब्लूएचओको विशेष बैठक बसेको हो ।

महामारीको १० महिना भइसक्दा पनि अझै नियन्त्रणमा आउने वा कमजोर हुने कुनै संकेत देखिएको छैन । धेरै देशमा अहिले महामारीको दोस्रो लहर देखिएको छ ।

विश्व स्वास्थ्य संगठनकाका आपतकालीन अप्रेसन प्रमुख माइक रायनले भने, “हाम्रो उत्कृष्ट अनुमानले के भन्छन् भने विश्वभर करिब १० प्रतिशत जनसंख्या कोरोना संक्रमित भएको छ ।” – अलजजिरा