‘सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम साँफेबगरमा सप्पन्न‘
अछाम – साँफेबगर नगरपालिकामा सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सप्पन्न भएको छ । साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवर रहेका थिए।
अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख कुँवरले नगरपालिकाले प्रदान गर्दै आएका सेवा तथा कोरोना भाईरस न्यूनिकरण तथा व्यवस्थापनमा भएको खर्चको वारेमा जानकारी दिए । कार्यक्रममा बोल्दै समन्वय समितिका प्रमुख कुँवरले सरल र सहज तरिकाबाट स्थानीय तहले जनतालाइ सेवा दिनुपर्ने बताए।
यस्तै अन्तरक्रिया कार्यक्रममा सहभागि जनप्रतिनिधि र सरोकारवालले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुँदै आएका सेवा प्रवाहको वारेमा जिज्ञासा राखेका थिए । प्रमुख जिल्ला अधिकारी फेरिएसँगै आफू अनुकुल निर्णय गर्दा नागरिकलाई समस्या भएको गुनासो राखेका थिए ।
यस्तै कार्यक्रममा सञ्चारकर्मीले प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले समन्वय नगर्ने गरेको धारणा व्यक्त गरेका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी उपाध्यायले आफूले कानूनको परिधिमा रहेको जनतालाई सेवा दिएको दावि गरे
उनले पालिकाबाट आउने केही सिफारिस अस्पष्ट हुँदा जनताले दुःख पाउने गरेको भन्दै जनप्रतिनिधिप्रति प्रश्न उठाए । यस्तै प्रहरीले प्रदान गर्ने सेवाका बारेमा अछाम जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्र सिह थापाले जानकारी गराए । उनले घरेलु हिंसा अपराध नियन्त्रण गर्न कानुनी राज्यको अनुभुति दिन निरंन्तर नेपाल प्रहरी लागि परेको बताए।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा साँफेबगर नगर संगठन कमिटी ईन्चार्ज शिवबहादुर कुँवर शिलोज, नेपाली काँग्रेसका नगर सभापति गोकुल भाट, खप्तड गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक जगदिश जोशी, ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र जोशी, वडा अध्यक्ष, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना प्रविधि अधिकृत कविता कुँवरले गर्नुभएको थियो।
प्रतिक्रिया