मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपा र नेकपा परित्याग अछाममा ३ दर्जन बढी काङ्ग्रेस प्रवेश

राप्रपा र नेकपा परित्याग अछाममा ३ दर्जन बढी काङ्ग्रेस प्रवेश

सुदूर आज

अछाम : राष्ट्रिय प्रजातान्त्र पार्टी राप्रपा अछाम र नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग गरि दुई दर्जन बढी नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेस तुर्माखाद गाउँपालिका वडा नम्बर ३ भैरवस्थानले आयोजना गरेको नव प्रबेशीहरुलाइ सम्मान तथा स्वागत कार्यक्रममा राष्ट्रिय प्रजातान्त्र पाटी राप्रपा जिल्ला स्तरीय र नेपाल कम्युनिस्ट पाटी तुर्माखाद गाउँपालिका वडा नम्बर ३ वडा कमिटीको एक जम्बो टिम काङ्ग्रेसमा प्रबेश गरेका हुन् ।

पुर्व जिल्ला बिकास समिति सदस्य, राप्रपा जिल्ला सदस्य एवम् राप्रपा महाधिवेशन प्रतिनिधि पदम बहादुर बुढाको नेतृत्वमा राप्रपा जिल्ला सदस्य मानबहादुर बुढा, नन्दाराम बुढा, देबिराम बुढा, मन्दिरे बुढा, नरबहादुर बुढा, कटक बहादुर बिसि, उपेन्द्र बहादुर बिसि, नेपाल कम्युनिस्टपार्टीका रतन बहादुर बिसि, राजु बिक, शेरबहादुर बिक, ओम उखेडा, हर्क बहादुर बुढा लगायत तिन दर्जन बढी नेता कार्यकर्ताहरु काङ्ग्रेसमा प्रवेश भएका हुन् ।

काङ्ग्रेस अछामका पार्टी सभापति लगायत नेताहरुले नब प्रबेसीहरुलाइ साधारण सदस्यता बितरण गर्दै खादा अबिरले सम्मान गरेर पार्टी प्रबेश गराएका थिए । कार्यक्रममा बोल्दै नवप्रवेशीसीहरुले आफुहरुले आस्था गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी र राप्रपाले जनताको नेतृत्व गर्न नसकेकाले आफुहरुको नेपाली काङ्ग्रेस पाटी माथी ठुलो विस्वास बढेकाले आफुहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेको बताए ।

देशमा दुई तिहाइको सरकार हुदा पनि मुलुकमा जनताको पक्षमा काम गर्न नसकेकोले आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको बताए । साथै केहि दिनमा बाकी रहेका उक्त वडाका सम्पुर्ण कार्यक्रताहरुलाई पनि आफूहरु संगै साथमा लिने बताए ।

वडा कार्यसमिति सभापति जोगिराम बुढाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै नेपालि काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वारले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने बताए।

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै पुर्व पार्टी सभापति मेघराज खडकाले अहिलेको सरकार महामारीको बेलामा पनि देशको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेको जनाताको जीवनस्थर सुधार गर्न कदम नचालेको आरोप लगाए।

कार्यक्रममा अर्का पुर्व पार्टी सभापति पुष्प बहादुर शाहले भ्रस्टाचार द्वन्दहिनता, जस्ता कार्यहरु यो सरकारको पालामा बडेर गएको बताए । कोरोना महामारीले, बाढी पहिरोले घर, खेतबारी र सडक बगाउदासम्म पनि नेकपाको दुईतिहाई बहुमत सरकारले भ्रष्टचार गर्ने बाहेक जनतालाई केही नदिएकाले गलत कामका विरुद्धमा लाग्न युवाहरु जुट्ने बेला आएको उनले स्पस्ट पारे ।

कार्यक्रममा पुर्व सांसद अक्कल बहादुर बिष्ट विशिष्ट अतिथि रहनु भएको थियो । महासमिति सदस्य बलबहादुर कुवर, अम्बिका चलाउने, महाधिवेशन प्रतिनिधि सुरत बहादुर बिष्ट, पाटी सचिव नमबहादुर शाही, जेष्ठ नागरिक केन्द्रिय सभा सदस्य मीन बहादुर बिष्ट, काङ्ग्रेस क्षेत्रीय सभापति लक्ष्मण शाह, जिल्ला समन्वय समिति अछामका उप प्रमुख टोपबहादुर रावल, नेपाली काङ्ग्रेस पुर्व क्षेत्रीय सभापति यज्ञ प्रसाद ढकाल, नेपाली काङ्ग्रेस जिल्ला सदस्य एवम् तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा, पुर्व सदस्य नवराज चलाउने, नेपाल प्रेस युनियन जिल्ला शाखा अछामका सचिव सुशील भण्डारी लगायतको कार्यक्रममा उपस्थित रहेकोे थियोे । कार्यक्रमको संचालन कासिराम बुढाले गर्नुभएको थियो ।