अछाम : स्थानिय सरकार संञ्चालन ऐन स्थानीय सरकारका कार्यहरु सम्बन्धी ३ दिने तालिम पंञ्चदेवल विनायक नगरपालिकामा सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, डिसिएको प्राबिधिक तथा मालिका बिकास संघ नेपाल अछामको आयोजना र पंञ्चदेवल विनायक नगरपालिकाको समन्वय सुरु भएको तालिममा नागरिक समाज संस्थाका सदस्यहरुको क्षमता अभिबृद्धि गरिनुका साथै स्थानीय सरकारका कामको बारेमा जानकारी गराईने छ । मालिका बिकास संघ नेपाल अछामद्धारा संञ्चालित परिवर्त परियोजनाका जिल्ला संयोजक रतन बहादुर रावलको अध्यक्षतामा भएको तालिमको उदघाट्न पंञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझिले गर्नु भएको थियो । वडा नम्बर १ देखि ४ सम्मका २४ जना नागरिक समाज संस्थाका सदस्यको सहभागिता रहेको तालिमको सहजिकरण परिवर्तन परियोजनाका जिल्ला संयोजक रतन बहादुर रावल र समाजिक बिकास अधिकृत गोपिसिँह नेपालीले गरिरहनु भएको छ ।
प्रतिक्रिया