मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन हुदै

बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन हुदै


बैतडी – जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम धमाधम भइरहेको छ। राष्ट्रिय परिचयपत्रका लागि हालसम्म ४४ जनाको विवरण सङ्कलन गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयमा जारी विवरण सङ्कलन कार्य असोज २ गतेदेखि शुरु भएको थियो। दशरथथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले फोटो खिचेर आफ्नो विवरण दिएर उक्त कार्यको शुभारम्भ गरेका थिए।

परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति स्वयं तथा सक्कलै नागरिकता र बुवाआमाको पनि सक्कलै नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र पनि सक्कलै लिएर आउनुपर्ने  जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।  “लगत सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचयपत्र बाँडिनेछ”, उनले भने, “नागरिकता पाएकै दिन परिचयपत्रको लागि आवश्यक विवरणभरि राष्ट्रिय परिचयपत्र विवरण भर्ने व्यवस्था मिलाइएको छ।”

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेकाले विवरण सङ्कलन गराउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लावासीलाई आग्रह गरेका छन्। उनले भने, “प्रमुख जिल्ला अधिकारी जोशीले बहुउपयोगी प्रमाणपत्रका रूपमा लिइएको परिचयपत्र भएपछि अन्य सरकारी परिचयपत्र साथमा राख्नुपर्ने झन्झट हुँदैन।”

दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुवाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगानालगायतसमेत उल्लेख गर्नुपर्ने हुन्छ।

यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागवाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन्। पहिलो चरणमा जिल्ला प्रशासनबाट विवरण सङ्कलनको काम जारी रहेको र पछि विस्तारै जिल्लाका १० वटै स्थानीय तहका ८४ वडाबाटै सङ्कलन कार्य शुरु हुने जनाइएको छ। – रासस