मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसीको अवस्था थप जटिल

डा. केसीको अवस्था थप जटिल

माग पूरा नभएसम्म अनशन नतोड्ने

सुदूर आज

काठमाडौं – चिकित्सा शिक्षा सुधारका माग राख्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। 

त्रिवि शिक्षण अस्पतालले मंगलबार राति केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उनको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएको जनाएकाे हाे।

डा. केसीको उपचारमा संलग्न डा. सुवासप्रसाद आचार्यका अनुसार उनको शरीरमा अक्सिजन स्याचुरेसनको मात्रा घटेको छ। 

केसीको श्वासको गति बढेको छ। उनलाइ चक्कर लाग्ने र अत्यधिक थकान महसुस हुन थालेकाे छ। यस्तै रगतमा डब्लूबीसी, सुगरको मात्रा र पोटासियमलगायतका अत्यावश्यक तत्त्व कम भएको  डा. आचार्यले बताए। 

चिकित्सकहरूले डा. केसीको अवस्था खराब हुँदै गएको बताए पनि उनले कुनै उपचार लिन मानेका छैनन्। साथै माग पूरा नभएसम्म्म अनशन नतोड्ने बताउँदै आएका छन्।