काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट साउदी अरेबियामा रहेका ८२ जना नेपाली कामदारको मृ’त्यु भएको छ।
दुतावासका अनुसार वैदेशिक रोजगारीका क्रममा साउदी पुगेकामध्ये ५ हजारभन्दा बढी नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने ८२ जनाले ज्या’न गुमा’एका छन् ।
साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ३७ हजार २ सय ४३ जना संक्रमित, ४ हजार ९ सय २३ जनाको मृ’त्यु भएको छ ।
कोरोना भाइरसको महामारीसँगै रोजगारी गुमाएका र अल’पत्र परेका करिब ११ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।
२६ हजार ९ सय ५६ जनाले स्वदेश फर्किनका लागि आवेदन दिएका छन् ।
प्रतिक्रिया