अछाम – सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मीको माग गरिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले ६८ जना स्वास्थ्यकर्मीका लागि दरखास्त खुल्ला गरेको हो।
प्रदेश अन्तर्गतका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला लगायतका स्वास्थ्य संस्थामा करारमा काम गर्न इच्छुकका लागि दरखास्त आह्वान गरिएको प्रदेश मन्त्रालयले जनाएको छ ।
१६ जना चिकित्सक सहित अन्य स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सात दिनभित्र दरखास्त इमेल मार्फत पेश गर्न आग्रह गरिएको छ भने भर्चुअल विधिबाट अन्तरवार्ता हुने बताईएको छ।
प्रतिक्रिया