मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नगरपालिका पहलमा अछाममा पिसीआर परीक्षण प्रयोगशाला स्थापना

कमलबजार नगरपालिका पहलमा अछाममा पिसीआर परीक्षण प्रयोगशाला स्थापना

सुदूर आज

अछाम: जिल्लाको कमलबजार नगरपालिकामा पिसीआर परीक्षण प्रयोगशाला स्थापना भएको छ। कोरोना भाइरस(कोभिड–१९)को परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको बुधबार अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य यज्ञ बोगटीले उद्घाटन गरेका छन्। 

कमलबजारको प्राथमिक स्वास्थ्य केन्द्रमा मेसिनको उद्घाटन गर्दै सांसद बोगटीले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अछाम तथा छिमेकी जिल्लाका स्थानीयलाई प्रयोगशालाले राहत पुग्ने बताएका छन्। प्रयोगशालाको दिगो सञ्चालनका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उनको भनाइ थियो। 

नगरपालिकाले करिब एक करोडको लागतमा प्रयोगशाला स्थापना गरी नमुना परीक्षण समेत सफल भएपछि मेसिनको उद्घाटन गरिएको गरिएको हो। नमूना परिक्षणमा १७ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो।

गत असोज १४ गते स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक डाक्टर गुणराज अवस्थी सहितको टोलिले पिसिआर मेसिनको गुणस्तर तथा संचालनको तयारी र अन्य अवस्थाका बारेमा जानकारी लिएका थिए। टोलीले प्रयोगशाला गुणस्तरीय रहेको र सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो। 

५ लाखका स्वास्थ्य उपकरण समेत खरिद गरिएको र जिल्लाका अन्य स्थानीय तह तथा छिमेकी दैलेख जिल्लाका केही स्थानीय तहसंग समन्वय भइरहेको नगरप्रमुख ओमप्रकाश बिष्टले बताए। हालसम्म अछामकै ढकारी गाउँपालिकाले मेसिन स्थापनाका लागि ५ लाख सहयोग गरेको उनले बताए। ५ जना कर्मचारी भर्ना गरेर मेसिन सञ्चालन भइरहेको छ।