चन्दननाथको मन्दिरबाट हराएको दाहिने शङ्ख, तस्बिर : नेत्र शाही, जुम्ला ।
जुम्ला – जुम्लामा रहेको चन्दननाथ मन्दिरमा चोरी भएका मूर्तिमध्ये दाहिने शङ्ख भेटिएको छ । चन्दननाथ नगरपालिका १० बोहोरा गाउँको खोलापानेमा एक ओडारमुनि दाहिने शङ्ख भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार अनुसन्धान गर्दै जाँदा पक्राउ परेका एक जना व्यक्तिको सहयोगमा शङ्ख लुकाएको ठाउँ पत्ता लगाएकाे हाे ।
रातो प्लास्टिकभित्र सेतो प्लास्टिक र सेतो प्लास्टिकभित्र फाइबरकाे झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटिएकाे इन्स्पेक्टर भट्टराईले बताए । यसअघि चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील विष्टको खेतको आलीको सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा अन्य दुई मूर्ति भेटिएकाे थियाे ।
प्रहरीले त्याे घटनामा विष्टसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जनाको सहयोग तथा बयानअनुसार दाहिने शङ्ख भेटिएको भट्टराईले जानकारी दिए । यसअघि २०७३ साल मङ्सिर ११ गते पनि मूर्ति चोरी भएको थियो । केही मूर्ति त्यही समयमा पत्ता लागेका थिए ।
सबैभन्दा ठूलो १८ केजीको चाँदीको मूर्ति गएकाे माघ ६ गते चन्दननाथ नगरपालिका १ दानसाँघुको खेतको आलीमा भेटिएको थियो । मूर्ति चो’री घ’टना’को थप अनु’स’न्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया