मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघ्यो

सुदूर आज

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघेको छ ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख ५७ हजार १३१ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

पछिल्लो २४ घण्टामा भारतमा ७२ हजार ४९ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो २४ घण्टाको भन्दा धेरै हो । ६१ हजार २६७ संक्रमित अघिल्लो २४ घण्टामा थपिएका थिए । 

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४ हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा ९८६ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।