मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा प्रवक्ता श्रेष्ठले भने – डा. केसीको जीवनरक्षामा ध्यान दिऔं

नेकपा प्रवक्ता श्रेष्ठले भने – डा. केसीको जीवनरक्षामा ध्यान दिऔं

सुदूर आज

काठमाडौं – सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको जीवनरक्षामा सबैले ध्यान दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। 

डा. केसीको सत्याग्रहको बलमा नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको भन्दै प्रवक्ता श्रेष्ठले यतिबेला सरकार, डा. केसी स्वयं र हामी सबैले उनको जीवन रक्षामा ध्यान दिनुपर्ने बताएका हुन्। 

श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘डा. केसी निःस्वार्थी सत्याग्रही हुनुहुन्छ। उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन्।  

त्यो सबै नेपालीका लागि खुसीको कुरा हो। उहाँको जीवन महत्त्वपूर्ण छ र यतिबेला सरकार, उहाँ स्वयं र हामी सबैले उहाँको जीवन रक्षामा ध्यान दिनुपर्दछ।’

प्रवक्ता श्रेष्ठले सरकारले डा. केसीसँग वार्ताका लागि टोली गठन गरेर सकारात्मक पहल गरेको भन्दै छिट्टै सकारात्मक निष्कर्षमा पुगिने विश्वास व्यक्त गरेका छन्।