मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणमा फेरी नयाँ रेकर्ड, ४ हजार ३६४ संक्रमित थपिए

कोरोना संक्रमणमा फेरी नयाँ रेकर्ड, ४ हजार ३६४ संक्रमित थपिए

सुदूर आज

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो हालसम्मकै उच्च संख्या हो।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ। पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ।

हालसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। आज २६ हजार ६८४ जना सक्रिय संक्रमित रहेका छन्।

जसमध्ये ११ हजार ७१७ जना संस्थागत आइसोलेसनमा र १४ हजार ९६७ जना होम आइसोलेसनमा छन्। ४ हजार ४६० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित हालसम्म ७१ हजार ३४३ जना व्यक्ति कोरोनामुक्त भइसकेका छन्।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ५९० पुगेको छ।