मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दर्नामा कांग्रेसले गर्यो क्रियाशिल, नविकरण तथा वितरण

दर्नामा कांग्रेसले गर्यो क्रियाशिल, नविकरण तथा वितरण


अछाम – नेपाली कांग्रेस बान्नीगढी गाउँपालिका वडा न. ६ दर्नाको क्रियाशिल, नविकरण तथा वितरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्य समिति दर्नाका सभापति दिपक शाहको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य एव् बान्नीगढी गाउँपालिका पार्टी संयोजक चन्द्रसिंह लुहार रहेका थिए।

विशिष्ट अतिथि जिल्ला कार्य समिति आमन्त्रित सदस्य ललित साउँद रहेका थिए। नेपाली कांग्रेस बान्नीगढी गाउँपालिका पार्टी सचिब सुरत रावल, क्षेत्रीय सदस्य भिम थापा, पूर्व शिक्षक संघ केन्द्रिय सदस्य भगत शाह, बान्नीगढी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिरण्ड खड्का, वडा २ का वडा अध्यक्ष नेत्र साउँद, वडा नम्बर ४ का अध्यक्ष कर्ण ठकुल्ला, नेपाली कांग्रेस बान्नीगढी कार्यपालिका सदस्य केशर विक, नेपाल शिक्षक संघका शंकर शाह, पूर्व शिक्षक संघका अध्यक्ष देवीराम रेग्मी, नेपाल शिक्षक संघ गाउँपालिका सचिब नृप साउँद लगाएत अतिथि रहनु भएको थियो ।

कार्यक्रममा नेकपा पार्टी परित्यग गरि ६ जना नेपाली कांग्रेसमा आबद्ध भएका छन् । जसमा भरत शाह, कृष्ण कडायत, मिन कडायत, प्रेम बहादुर साउँद, तपेन्द्र साउँद र रतन साउँद रहेका छन् ।

बान्नीगढी गाउँपालिका वडा नम्बर ६ का वडा सचिब टेक बहादुर साउँदको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा कार्य समिति सचिब टेक बहादुर शाहले गर्नु भएको थियो ।