मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जटिल बन्दै डा. केसीको स्वास्थ्य, आज हुने भनेको वार्ता अनिर्णित

जटिल बन्दै डा. केसीको स्वास्थ्य, आज हुने भनेको वार्ता अनिर्णित

सुदूर आज

काठमाडौं- सरकारी वार्ता टोली र आमरण अनशनमा रहेका डा. गोविन्द केसी पक्षबीच दिनभर चलेको वार्ता अनिर्णित बनेको छ। चिकित्सा शिक्षा तथा सुशासनसँग सम्बन्धित विभिन्न माग राखेर २५ दिनदेखि अनशनमा रहेका डा. केसीका माग सम्बोधन गर्न भन्दै आज (बिहीबार) शिक्षा मन्त्रालयमा दिनभर वार्ता भएको थियो।

पटकपटक स्थगित हुँदै चल्दै गरेको वार्ता राति साढे ८ बजेसम्म कुनै टुंगोमा नपुगी स्थगित भएको डा. केसीका वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले जानकारी दिए। अधिवक्ता अर्यालले वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको र फेरि बस्न सक्नेगरी स्थगित भएको जानकारी दिए।

डा. केसीका माग सम्बोधनका लागि सरकारले बुधबार शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। त्यसलगत्तै डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली सार्वजनिक भएको थियो।

बिहीबार बेलुकासम्म सहमति नजुटेपछि थप आन्तरिक गृहकार्य गर्ने भन्दै वार्ता स्थगित भएको अधिवक्ता अर्यालले बताए। ‘सम्भवत आजै राति थप छलफल हुन्छ र कुनै न कुनै निकासमा पुग्छौँ’, अधिवक्ता अर्यालले भने।