अछाम – रामारोशन गाउँपालिका बिरु’द्ध मुजाबगरमा प्रर्द’शन गरिएको छ । गाउँपालिकामा अनियमितता मौलाएको तथा कर्मचारी भर्नामा आर्थिक चलखेल गरिएको भन्दै प्रर्दशन गरिएको हो ।
रामारोशन गाउँपालिका सरकारबाट नितिगत भष्टाचार तथा कर्मचारी भर्नामा आर्थिक चलखेल भएकाले यसका बिरुद्ध नेपाली कांग्रेसका तर्फवाट प्रर्दशन गरिएको नेपाली कांग्रेस रामारोशनका युवा नेता पुष्प बिष्ट्ले बताए । गाउँपालिका अध्यक्ष झँकर साउँदले एकलौटी तरिकारले लोकतान्त्रिक मुल्य मान्यता तथा विधि पद्धति विपरीत काम गरेको समेत कांग्रेसले आरोप लगाएको छ ।
कांग्रेसले रामारोशन सरकारका थुप्रै बेथितिका बिषयमा पटकपटक सरकारको ध्यानाकर्षण गराउदा पनि सरकारको नेतृत्वको कार्यशैली कत्ति पनि नसुध्रीएकाले पहिलो चरणको खबरदारी स्वरुप गाउँ पालिकामा धर्ना शान्तिपूर्ण आन्दोलन गरेको र अझै सरकारका गतिविधि यस्तै शैलीमा अगाडि बढे थप सशक्त ढङ्गले आन्दोलन गर्ने समेत नेपाली कांग्रेस रामारोशनले चेतावनी समेत दिएको छ। रामारोशन गाउँपालिकामा थुप्रै कर्मचारी भर्ना प्रक्रियामा योग्यता र क्षमताको आधारमा नभएर पहुँच र पैसाको आधारमा सरकार नेतृत्वले कर्मचारी छनोट प्रक्रियामा नै हस्तक्षेप गर्ने गरेको भन्दै यो कार्य बन्द गर्न पनि कांग्रेसले चेतावनी दिएको छ।
शिक्षा क्षेत्रमा रामारोशन गाउँपालिका सरकारले सृजना गरेका कोटामा पनि विद्यालयमा नियम विपरीत शिक्षक भर्ना गरेको र कुनै विद्यालयमा रोकेको कांग्रेसको आरोप छ । यसका साथै भाद्र २ गते रामारोशनमा आएको बाढीबाट पिडित परिवारलाई राहत कार्यमा सरकार उदासीन देखिनुका साथै हाल सम्म पनि तथ्याँक समेत ल्याउन नसकेको कांग्रेसले आरोप लगाएको छ ।
राहत वितरण कार्यलाई पनि निष्पक्ष रुपमा वितरण गर्न माग गरेको छ। रामारोशन गाउँ पालिकाका सरकार प्रमुखको कार्यशैलीबाट जनता निराश भएको कांग्रेसको ठहर छ। सरकार विरुद्ध प्लेकार्ड सहित प्रर्दशन पश्चात गाउँ पालिका अगाडि जुलुस तथा कोणसभामा पनि गरिएको थियो ।
नेपाली कांग्रेस रामारोशनका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको कोणसभा कार्यक्रमलाई कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल जिल्ला सदस्य मान व साउद नेविसंघ पुर्व केन्द्रीय सदस्य चन्द्र विक युवा नेता पुष्प बिष्ट लगायत सम्बोधन गरेका थिए।
बिरोध प्रर्दशनमा नेपाली कांग्रेस रामारोशनका नेता कार्याक्रताको सहभागीता रहेको थियो । नेपाली कांग्रेस रामारोशन गाउँपालिका समितिले रामारोशन गाउँपालिकामा सरकार प्रमुखको मनपरि बढेको तथा नियम बिपरीत काम भईरहेको बिरोधमा केहि दिन अगाढि गाउँपालिका विरुद्ध प्रेस विज्ञप्ति समेत प्रकाशित गरेको थियो ।






















प्रतिक्रिया