अछाम – जिल्लाको रामारोशन गाउँपालिकाका बाढी पिडितहरुलाई नेपाल जनसम्पर्क समिति कान्तो जापानले आर्थिक सहयोग गरेको छ ।
जापानबाट एक लाख १ सय ११ रुपैया सहयोग गरेको नेपाल जनसम्पर्क समिति जापान कातोका सचिब लोकेन्द्र जगं कुवरले जानकारी दिए ।
बाढी पिडितहरुलाई केहि सहयोग पुगोस भन्ने उदेश्यले रकम संकलन गरी पठाएको उनले बताए।
बाढी पिडितहरुसम्म रकम पर्याउनका लागी नेपाली काग्रेस अछामका सभापति भरत स्वारलाई रकम हस्तान्तरण गरिएको छ ।
बिपत्तका बेला आर्थिक सहयोग गरेकामा सभापति स्वारले धन्यवाद समेत दिए ।
रामारोशनको सैनीमा भदौ २ गते कैलाश खोलामा आएका बाढीमा परी १७ जनाको मृ’त्यु भएको थियो ।
अहिले सम्म ८ जनाको मात्र श’ब फेला परेको छ भने ९ जना अझै बेपत्ता रहेका छन् ।
प्रतिक्रिया