मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो पटक अछाममा सुपथ मूल्य पसल संचालनमा

पहिलो पटक अछाममा सुपथ मूल्य पसल संचालनमा


एकेन्द्र खत्री, अछाम।

खाद्यय व्याबस्था तथा व्यापार कम्पनी लिमिटेड अछाम शाखाले सुपथ मूल्य पसलको उद्धघाटन गरीएको छ । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै अछाममा पहिलो पटक सुपथ मूल्य पसल सञ्चालनमा आएको हो ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खाद्य्य व्यावस्थापन समिती अध्यक्ष गोकर्णप्रसाद उपाध्ययाको अध्यक्षता भएको उद्धघाटन कार्यक्रममा प्रमुख अथिती जिल्ला समन्य समिती अछामका प्रमुख नरबहादर कुंवर रहेका थिए बिशिष्ट अथिती मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहोरा रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खाद्य्य व्यावस्थापन समिती अध्यक्ष उपाध्ययाले सुपथ मुल्यको पसल स्थापना हुन अछामका लागी नौलो कुरा र स्रहानीय काम भएको बताए । नागरीकलाइ सरकार साथमै रहेको अनुभुति दिलाउनको लागी पहल स्वरुप खाद्यय व्याबस्था तथा व्यापार कम्पनी लिमिटेड अछाम शाखाले सुपथ मुल्य पसल संचालनमा ल्याएको भन्दै धन्यवाद समेत दिए ।

साथै उनले चाडवाड नजिकिएसंगै नागरीकका आवश्यक्ता र अपेक्षालाइ पुरा गर्न सुपथ मुल्य पसलले बिशेष भुमिका खेल्ने बिश्वास व्यक्त गरे । सुपथ मूल्य पसलको उद्धघाटन कार्यक्रममा प्रमुख अथिती तथा जिल्ला समन्य समिती प्रमुख नरबहादुर कुंवरले विगतको दिनमा पनी संस्थाले नागरीकलाइ भोकै नराखेको र आगामी दिनमा पनी नागरीकका आवश्यक्तालाइ परीपुर्ती गर्नेमा आफु विश्वस्त रहेको बताए ।

दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सर्वसाधारणलाई केही राहात दिनको लागी खाद्यय सुपथ मुल्यको पसल संचालनमा आएको र अझै राहात दिनु पर्नेमा उनको जोड थियो । बिशिष्ट अथिती मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहोराले संस्थाले समयमा नै जिल्लाका सरोकारवाला संग समन्य गरेर सर्वसाधारण नागरीकको लागी ठुलो कदम चालेकाले खाद्यय व्याबस्था तथा व्यापार कम्पनी लिमिटेड अछाम शाखालाइ धन्यवाद ज्ञापन गरे।

खाद्य्य व्याबस्था तथा व्यापार कम्पनी लिमिटेड अछाम शाखाका निमीत्त प्रमुख हिरामणी जोशीले चाडपर्व नजिकीयसंगै सर्वसाधारणलाइ राहात स्वरुप सहुलियत मुल्यको पसल संचालन गरेको बताए । आजदेखी मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्तालाइ सहज हुने भएको छ ।

सरकारले चाडबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएसंगै अछामाम पनी खाद्यय व्याबस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखी सुपथ मुल्य पसल संचालन गरेको हो । सहुलियत मुल्य अन्र्तगत अरुवा मोटा चामल र सोना स्टिम पाइने छ ।