अछाम ।
नेपार सरकारले अछाम जिल्ला स्थित बयालपाटा अस्पतालको लागि आवश्यक बजेको व्यावस्था गर्ने बताएको छ ।
गैरसरकारी संस्था न्याय हेल्थ नेपालद्धारा स्वास्थ्य मन्त्रालय संगको साझेदारीमा संचालित बयालपाटा असपतालका लागि बजेटको व्यावस्था गर्ने प्रतिबद्धता सरकारले गरेको छ ।
नेपाल सरकारद्धारा गठित वार्ता टोली र डा. गोबिन्द केसी बिच भएको सहमतीमा बयालपाटा अस्पताल बाट निशुल्क सेवा प्रवाह कायम गर्न आवश्यक बजेटको व्यावस्थ ागर्ने सहमती पत्रमा उल्लेख गरिएको छ ।
डाक्टर गोबिन्द केसीले अछाम स्थित बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस् लगायतका ६ बुदे माग राखेर २८ दिन अघि जुम्लाबाट आमरण अनसन सुरु गरेका थिए ।
यो पनि पढ्नुस
प्रतिक्रिया