मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शीर्ष स्थानमा यथावत् रहने योजनामा दिल्ली, सन्दीपको चान्स कति ?

शीर्ष स्थानमा यथावत् रहने योजनामा दिल्ली, सन्दीपको चान्स कति ?

सुदूर आज

काठमाडौं । यूएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‌वान्टी क्रिकेटअन्तर्गत आज (आइतबार) दुई खेल हुने भएका छन् । आज हुने पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । आजको खेलमा फराकिलो जित निकाल्दै हैदराबाद तलिकाको शीर्ष तीनमा उक्लने योजनामा छ ।

उता लिगमा बलियो टोली मानिएको राजस्थान पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । आजको खेलमा जित निकाल्न सके राजस्थानले अघिल्लो चरण प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ ।

त्यस्तै आजै हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दै छ । आजको खेलमा जित निकाल्दै दिल्ली आफूलाई तालिकाको शीर्ष स्थानमा यथावत् राख्‍ने योजनामा छ ।

लिगमा ६ खेल खेलेको दिल्ली १० अंकका साथ शीर्ष स्थानमा छ । समान खेल खेलेको मुम्बई ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

आजको खेलमा नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले खेल्ने सम्भावना कम छ । दिल्ली आईपीएलमा ६ खेल खेलिसक्दा सन्दीपले आजसम्म प्लेइङ सेटमा स्थान बनाउन सकेका छैनन् ।