मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट मृ’तकको संख्या ६२३ पुग्यो

कोरोनाबाट मृ’तकको संख्या ६२३ पुग्यो

सुदूर आज

काठमाडौं – नेपालमा पछिल्लो १२ घण्टामा नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीमा तीन, रुपन्देहीमा तीन, बाँकेमा दुई र चितवनमा एक जनाको मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ । 

सुनसरीको दुहबीका ६५ वर्षीय पुरुषको र धनकुटाकी ६१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको छ भने धरान–८ की ६२ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । 

यस्तै रुपन्देहीको बुटवलमा शनिबार रातिमात्रै तीन जना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा उपचार गरिरहेका र उपचारका लागि अस्पताल जाँदै गर्दा तीन जनाको मृत्यु भएको हो । 

बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीका अस्पतालमा आईसीयू बेड खाली नभएपछि दाङ लैजाँदै गर्दा शनिबार राति बाटोमा मृत्यु भएको छ। 

त्यस्तै असोज २४ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत ७० वर्षीय पुरुषको शनिबार राती करिब १० बजे तिर मृत्यु भएको अस्पतालले जनाएको छ । बुटवल ११ की ६१ वर्षीया महिलाको पनि शनिबार राति २ बजे मृत्यु भएको छ। बाँकेमा भने ५ मिनेटको फरकमा शनिबार राति थप २ जनाको मृत्यु भएको छ । 

भेरी अस्पताल नेपालगन्जमा नेपालगन्ज उपमहानगरपालिका १० का ८४ वर्षका पुरुषको शनिबार राति ९ः५५ मा मृत्यु भएको छ ।त्यसको ५ मिनेटपछि राति १० बजे कोहलपुर नगरपालिका ८ गोल्छा टोलकी ७१ वर्षीया महिलाको भेरी अस्पतालमै मृत्यु भएको हो । 

त्यस्तै चितवनमा आइतबार (आज) बिहान थप एक जना महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

पछिल्लो १२ घण्टामा ९ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय २३ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले कोरोनाबाट ६ सय १४ जनाको मृत्यु भएको जनाएको थियो ।