मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार र डा केसीबीच भएको सहमतिको कांग्रेसले गर्यो स्वागत

सरकार र डा केसीबीच भएको सहमतिको कांग्रेसले गर्यो स्वागत

सुदूर आज

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र सत्याग्रही डा गोविन्द केसीबीच भएको सहमतिको स्वागत गरेको छ। 

पार्टीले एक विज्ञप्ति प्रकाशित गरि ‘डा गाविन्द केसी र संघीय सरकार बीच भएको सहमतिलाई कांग्रेस स्वागत गर्दछ’ भनिएको छ। 

डा केसीले अघि सारेका मुद्दाप्रति वर्तमान सरकारको रवैया सुरुवातदेखि नै पूर्वाग्रहपूर्ण भएको उल्लेख गर्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा लेखेका छन्, ‘जुम्ला अनशनपछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण व्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाएर सहमतिमा पुगेको छ।’

सहमति हुनु सकारात्मक कुरा भएको उल्लेख गर्दै सम्झौता कार्यान्वयनका लागि खबरदारी गर्न कांग्रेसले अपिल गरेको छ। 

वर्तमान प्रधानमन्त्री केपी ओलीकै अग्रसरतामा ०७५ साउनमा गरिएको डा केसीसँगको सहमति माघमा उलंघन गरिएको स्मरण गराउँदै काँग्रेसले खबरदारीका लागि अपिल गरेको हो।