काठमाडौं – पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
दैनिक मृत्युमा यो अहिलेसम्मकै बढी संख्या हो। आज मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ८ जना संक्रमित छन्। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।
नेपालमा पछिल्लो २ महिनादेखि कोरोना संक्रमितको मृत्यु भइरहेको छ। पहिलो पटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो।
प्रतिक्रिया