मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबार २०७१ जनामा कोरोना पुष्टि

आइतबार २०७१ जनामा कोरोना पुष्टि

सुदूर आज

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ११ लाख ७६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज ३१ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १३ हजार ६४९ जना संस्थागत आइसोलेसनमा र १७ हजार ६६६ जना होम आइसोलेसनमा छन्।

४ हजार ६१३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

आज १ हजार ५५२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ७५ हजार ८०७ पुगेको छ।

पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।